महाराजगंजमा ४ सय बढीलाई न्यानो कम्मल वितरण

सेयर गर्नुहोस

कपिलवस्तु- कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको वडा नं ११ वडा कार्यालय बलरमवापुरमा ज्येष्ठ नागरिक सम्मान स्वारुप न्यानो कम्मल वितरण गरिएको छ ।

वडा कार्यालयको आयोजनामा ७० बर्ष माथिको जेष्ठ नागरिकहरुलाई न्यानो कम्मल बितरण गरि सम्मानित गरिएको वडा अध्यक्ष धर्मेन्द कुमार पुरि ले जानकारी दिनु भयो ।बलरमवापुरका ४ सय भन्दा बढीलाई न्यानो कम्मल वितरण गरेको वडाअध्यक्ष पुरीले बताउनुभयो ।

जाडो बाट बच्नाका लागि न्यानो कम्मल बितरण गरिएको वडा सदस्य अवधेश यादवले बताउनु भयो । नगरप्रमुख अब्दुल कलामको प्रमुख अतिथ्यता,नगर उपप्रमुख रिता कुमारी चौधरीको अतिथिय्तामा आज ४ सय भन्दा बढी जेष्ठ नागरिकहरुलाई कम्मल बितरण गरिएको वडा सदस्य यादवले जानकारी दिनु भयो ।

Facebook Comments Box