भालुको आक्रमणबाट पाल्पामा एक जना घाइते
पाल्पा : घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी पाल्पामा एक जना घाइते भएका छन्।
घाइते हुनेमा तिनाउ गाउँपालिका–२, का देउबहादुर विक रहेको पाल्पा प्रहरीले जनाएको छ।
घर नजिकै रहेको आँपखोली समुदायिक वनमा मङ्गलबार बेलुकी श्रीमान् श्रीमतीसँगै घाँस काट्ने क्रममा विकलाई भालुले आक्रमण गरेको थियो।
भालुको आक्रमणबाट गम्भीर घाइते भएका विकलाई उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।
Facebook Comments Box
