आज यी स्थानमा वर्षा र हिमपात
काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मंगलबार देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको प्रक्षेपण गरिएको छ।
वर्षा र हिमपातसँगै चिसो हावासमेत चल्ने भएकाले यी प्रदेशमा अबको केही दिनमा हुस्सु र कुहिरो हट्ने अनुमान छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षासँगै हिमपात भइरहेको छ।
अन्य स्थानमा मौमममा आंशिकदेखि सामान्य बदली भएको छ। मंगलबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस मापन भएको विभागले जनाएको छ।
Facebook Comments Box
