मन्त्री श्रेष्ठ र भारतीय विदेश मन्बालयका सचिवबीच भेट

सेयर गर्नुहोस

काठमाडौं : भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय विदेश मन्त्रालयका ‘आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिला’ सम्बन्धी सचिव प्रभातकुमारले भेट गरेका छन्।

भारतीय सहयोगमा सञ्चालित विभिन्न विकास आयोजनाबारे बुझ्न नेपाल आएका सचिव प्रभातकुमारले सोमबार मन्त्रालय पुगेर मन्त्री श्रेष्ठलाई भेटेको हो। उनले नेपालको विकासमा अर्थपूर्ण साझेदारी गर्न भारत सदैव तयार रहेको बताए।

त्यसक्रममा श्रेष्ठले घनिष्ट छिमेकीको रूपमा नेपालको विकास र समृद्धिका लागि सहयोग गरेको भन्दै भारतको प्रशंसा गरे। भेटमा भारतले लगानी गरेका केही पूर्वाधार आयोजना, रेल वे सञ्चालन र भारतीय एक्जिम बैंकको लगानीमा सञ्चालित केही सडक योजनाको प्रगतिका विषयमा समेत कुराकानी भएको थियो ।

Facebook Comments Box