दुई लाख भारतीय रुपैयाँसहित इटालीका नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको दुई लाख भारतीय रुपैयाँसहित एक इटाली नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रोवर्ट मिगानी रहेको प्रहरी स्रोतले जनाएको छ। उनी नेपालबाट भारतको नयाँ दिल्ली जाने क्रममा विमानस्थल पुगेका थिए। विमानस्थलमा प्रहरीको सुरक्षा जाँचका क्रममा मिगानीको साथमा स्रोत नखुलेको दुई लाख रुपैयाँ भारतीय नोट फेला परेको हो।
अहिले प्रहरीले नेपालमा रहेका मिगानी र उनले बोकेको रकमका विषयमा अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box
