योगेशको दाबी : जसपा छिट्टै सरकारमा आउँछ

सेयर गर्नुहोस

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताएका छन्। बिहीबार प्रतिनिधिसभाबाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाको लागि मन्त्रालय छुट्याएर राखिएकाले चाँडै सरकारमा आउने बताएका हुन्।

उनले जसपाका केही मागहरु सम्बोधन गर्नुपर्ने अवस्था रहेको र ती माग शीर्ष नेताहरुले बसेर मिलाउने बताए।

उनले वर्तमान गठबन्धन नेपाली कांग्रेस असफल भएपछि एमालले नेतृत्व गरेर नयाँ समीकरण बनेको बताए। हाल जसपाले सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी भएको छैन।

Facebook Comments Box