कांग्रेस संसदीय दलको कार्यालय पुगे माधव नेपाल

सेयर गर्नुहोस

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेस संसदीय दलको कार्यालय पुगेका छन्।

बुधबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अध्यक्ष नेपाल प्रकाश ज्वालालाई लिएर पुगेका हुन्। उनी सभामुखको निर्वाचनबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पगेका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरू यसअघि नै बैठकमा पुगिसकेका छन्। जनता समाजवादी पार्टी (जसपा) पनि उक्त बैठकमा सहभागी हुँदै छ।

Facebook Comments Box