त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ हजार युरो बरामद

सेयर गर्नुहोस

काठमाडौ : दुबई उडानद्वारा काठमाडौंबाट दुबई हुँदै क्रोयसिया जान लागेका २१ जनाबाट प्रहरीले ५१ हजार ३५० युरो बरामद गरेको छ।

उडानमा रहेका २१ जनाको पासपोर्ट जाँच गर्दा युरो लाने अनुमति नलिएको पाइएपछि थप जाँच गरिएको थियो।

जाँचको क्रममा ५१ हजार ३५० युरोसहित २१ माथि जाँच गरिएको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको सुरक्षा फोर्सले मङ्गलबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

युरो कसले पठाएको भनेर प्रहरीले सोधपुछ गर्दा विमानस्थल बाहिर रहेका युरो पठाउने एजेन्ट पदम विश्वकर्मालाई पनि एक लाख २० हजार नेपाली रुपियाँसहित नियन्त्रण लिएर अनुसन्धान भइरहेको छ।

आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको जानकारी पनि प्रहरीले दिएको छ।

Facebook Comments Box