लुम्बिनी प्रदेशकाे सभामुख र उपसभामुखमा मनाेनयन दर्ता
दाङ – लुम्बिनी प्रदेशकाे सभामुख र उपसभामुखकाे मनाेनयन दर्ता भएकाे छ । साेमवार प्रदेश सभा सचिवकाे कार्यकक्षमा सभामुखकाे मनाेनयन दर्ता भएकाे हाे । सभामुखमा नेकपा माओवादी केन्द्रबाट तुलाराम घर्ती र उपसभामुखका लागि राप्रपाकी मेनुका खाँडको मनाेनयन दर्ता भएकाे हाे ।
सभामुखकाे प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र राप्रपा संसदीय दलका नेता आशिषकुमार चाैधरी समर्थक रहनुभएको छ । उपसभामुखकाे प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहनुभएको छ ।
मनाेनयन दर्ताकाे समय बेलुका ५ बजे सम्मलाई दिइएकाे छ । नेपाली कांग्रेसले भने सभामुख र उपसभामुखका लागि अझै मनाेनयन दर्ता गरेकाे छैन । भाेलि मङ्गलवार सभामुख र उपसभामुख चयनका लागि निर्वाचन हुने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।
