मन्त्रिपरिषद्को विस्तार आजै टुङ्गो लाग्छ : प्रधानमन्त्री प्रचण्ड

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल प्रचण्ड ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय आजै टुङ्गो लाग्ने बताएका छन्।

भक्तपुरको बालकोटस्थित नेकपा एमाले अध्यक्ष केपी ओली निवासमा आज प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएको भेटका क्रममा सो सहमति भएको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग बताए।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आजको छलफलमा मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भएको छ। बालकोटबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले भन्नुभयो, ‘सरकारले पूर्णता पाउनेबारेमा सबै कुरा आजै टुङ्गोमा पुग्छ।’

सभामुखको निर्वाचनबारे सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘विश्वासको मत दिने सबै पार्टीका नेताहरूसँग छलफल भइरहेको छ, कांग्रेससँग पनि छलफल हुन्छ, भोलि मंगलबार पनि छलफल हुन्छ।’ सभामुखको निर्वाचनबारे पनि भोलिको छलफलमा निष्कर्षमा पुग्ने संकेत उनले गरे।

आजको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचन, आगामी रणनीति र शक्ति सन्तुलन मिलाउनेबारेमा छलफल भएको बताइएको छ।सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँटको विषय करिब सहमतिमा पुगेको पनि प्रधानमन्त्री प्रचण्डले संकेत गरे।

Facebook Comments Box