मन्त्रालय बाँडफाँड गर्न उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

सेयर गर्नुहोस

काठमाडौं : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (सोमबार) साँझ ५ बजे बस्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएपछि संयन्त्रको बैठक बोलाइएको हो । संयन्त्रमा सत्ता साझेदार दलका अध्यक्षहरू सदस्य रहेका छन्।

बैठक ५ बजे बस्ने एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। उनका अनुसार उच्चस्तरीय संयन्त्रले मन्त्रालय बाँडफाँडलगायत सहमति हुन बाँकी सबै विषय टुंगो लगाउने छ।

‘आजै ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ।’ उनले भने, ‘जे जस्ता कार्यसूची बाँकी छन्, त्यसमा एकसरो गृहकार्य भएको छ। छिट्टै आवश्यक निर्णय हुन्छ ।’

बालकोटमा ओलीसँगको भेटपछि बाहिरिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले पनि टुंगिन बाँकी विषय आजै टुंगो लाग्ने बताए।

Facebook Comments Box