बहादुरगंजमा शंकास्पद अवस्थामा महिलाकाे शव बरामद
कृष्णनगर, भदाैं २४ । बहादुरगंजमा एउटी स्थानिय महिलाकाे शव शंकास्पद अवस्थामा बरामद गरिएकाे छ ।
कृष्णनगर नगरपालिका ८ बहादुरगंज बस्ने माेतीलाल कलवारकी छाेरी ३२ बर्षकी संगिता कलवार काे शव घर नजिककाे झाडीमा बिहान ७:३० मा बरामद गरेकाे बहादुरगंज ईप्रका ईन्चर्ज अभय राउतले बताएका छन । बिहान ४-५ बजेका समयमा दिशा गर्न गएकाे तर धेरै बेर पछि पनि फर्कि नअाएकाेमा अाफुहरुलाई शंका लागेकाे र खाेज्दा मृत अवस्थामै भेटिएकाे परिवार स्राेतले जनाएकाे छ ।थप अनुसन्धानका लागि महिलाकाे शवलाई पाेस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगंजमा पठाईएकाे छ ।
Facebook Comments Box
