विजयनगरको एक अटो वर्कशपमा आगालागी हुँदा ३ लाख बराबरको क्षति ।
विजयनगर।।
कपिलवस्तुको बिजयनगर गाउँपालिका ३ पत्थरदेईयाको एक अटो वर्कशपमा आगालागी हुँदा ३ लाख बराबरको क्षति भएको छ ।
पत्थरदेईयाका ईशार अहमदको फुसले छाएको नवान अटो वर्कशपमा शनिबार आगो बालेर ताप्ने क्रममा आगालागी भएको जिल्ला प्रहरी कार्यालाय कपिलवस्तुले जनाएको छ । आगालागीबाट वर्कशप भित्र रहेको ना २९ प ३१६ नम्बरको यामाहा मोटरसाइकल संगै वर्कशपका अन्य सामागी्र सहित घर पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले बताए ।
आगो निभाउने क्रममा सोही स्थानकै २ जना सामान्य घाईते भएका छन् । घाईते दुबैलाई शिवराज अस्पताल बहादुरगंज लगिएकोमा सामान्य उपचार पछि दुबै डिस्चार्ज भएका छन् । आगो स्थानिय बासिन्दा र प्रहरी चौकी पत्थरदेईयाबाट खटिएको प्रहरी टोलीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
Facebook Comments Box
