राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुको छैठौं अधिवेशन आज

सेयर गर्नुहोस

हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिती कपिलवस्तुको छैठौं अधिवेशन तथा १२ औं साभारण सभा आज हुंदैछ । जिल्ला कार्यसमितीको बैठकको निर्णय अनुसार छैंठौं अधिवेशन तथा १२ औं साभारण सभा आज गर्ने निर्णय भएको हो ।

कपिलवस्तुको बाणगंगा ४ ठाकुरापुरमा रहेको पिस हिमालयन रिसोर्टमा विहान साढे ११ बजेबाट कार्यक्रम सुरु हुने छैठौं अधिवेशन तथा १२ औं साभारण सभाको सम्पुर्ण तयारी पुरा भएको प्रतिष्ठानका अध्यक्ष थानेश्वर अधिकारीले जानकारी दिनुभयो । साथै अधिवेशनले नयाँ कार्यसमिती समेत चयन गर्ने छ, जसका लागि विभिन्न पदमा उत्साहजनक रुपमा आकांक्षीहरु अगाडि आएका छन् ।

कार्यक्रममा उपस्थित हुनका लागि संस्थाका साधारण सदस्य, आजीवन सदस्य, सल्लाहकार तथा सम्पुर्ण अतिथिहरुलाई प्रतिष्ठानले आग्रह गरेको छ । साथै कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको पनि उपस्थिती रहने बताईएको छ ।

Facebook Comments Box