यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका १३ समानुपातिक सांसद

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फका १३ जना सांसद चयन गरेको छ।

आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत चयन भएका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

दलितबाट सन्तोष परियार र शिव नेपाली सांसद बन्ने भएका छन्। त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका प्रवक्ता ढकालले बताए।

उनले अहिले नाम बुझाउन निर्वाचन आयोग पुगेको जानकारी दिए। पहिलो पटक चुनावमा होमिएको स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट जितेको छ ।

Facebook Comments Box