चिकित्सक लाइसेन्स परीक्षा माघ १२ देखि १४ सम्म
काठमाडौं: नेपाल मेडिकल काउन्सिलको ६४ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको आगामी माघ १२ देखि १४ गतेसम्म हुने भएको छ।
काउन्सिलले आगामी आगामी माघ १२ देखि १४ माघसम्म हुने परीक्षामा सहभागी हुन चाहनेले आगामी २७ मंसिरदेखि २७ पुससम्म नियमित रुपमा फारम भर्न सक्नेछन्। यस्तै २८ र २९ पुसमा भने विलम्ब शुल्क तिरेर फारम भर्न सक्ने काउन्सिलले जनाएको छ।
काउन्सिलले फारम भने प्रक्रिया अनलाइनबाट हुने र तोकिएको अवधिभर चौविसै घण्टा सेवा लिन सकिनेसमेत सूचनामा उल्लेख गरेको छ।
काउन्सिलले हरेक वर्षको तीन पटक चिकित्सक लाइसेन्स परीक्षा लिँदै आएको छ।
Facebook Comments Box
