जनकपुरधाममा कपडा पसलमा आगलागी, २० लाखको क्षति

सेयर गर्नुहोस

धनुषा : जनकपुरधामको जनकचोकस्थित एक कपडा पसलमा आगलागी भएको छ।

जनकचोकमा स्थानीय बजरंग चौधरीले सञ्चालन गरेको शिवानी रेडिमेड पसलमा शुक्रबार राति आगलागी हुँदा करिब २० लाखको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

राति करिब ११ बजे विद्युत ‘सट’ भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा राति नै आगो नियन्त्रणमा लिइएको छ।

Facebook Comments Box