ब्राजिलका मुख्य प्रशिक्षक टिटेले दिए राजीनामा

सेयर गर्नुहोस

एजेन्सी

ब्राजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन्।

गएराति भएको क्वार्टर फाइनलमा क्रोएसियासँग पराजित भएसँगै टिटेले राजीनामा दिएका हुन्।

शुक्रबार राति ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो।

६१ वर्षीय टिटे २०१६ मा ब्राजिलको फुटबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो।

Facebook Comments Box