कपिलवस्तुमा ७६ बर्षिय बृद्ध मृत भेटिए

सेयर गर्नुहोस

कपिलवस्तु ।

कपिलवस्तुमा एक बृद्धको शव फेला परेका छ ।

जिल्लाको मायादेवी गाउँपालिका ७ कर्महना बस्ने ७६ वर्षीय राम शरण अहिर आफ्नै घर नजिक रहेको सार्वजनिक पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

गत सोमबार राति घरबाट हिँडेका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुशन्धान गरिरहेको छ ।

 

Facebook Comments Box