समानुपातिक सांसद छान्न, चुनाव समीक्षा गर्न एमालेले डाक्याे सचिवालय बैठक
काठमाण्डाै – नेकपा एमालेले भाेलि शुक्रवारका लागि सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, चुनाव समीक्षालगायतका विषयमा छलफल गरिने छ । निर्वाचन आयोगले हिजाे बुधवार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ ।
एमालेले प्रतिनिधि सभा चुनावको प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।
Facebook Comments Box
