वडा अध्यक्षले स्थानिय कुटे
कपिलवस्तु मङ्सिर २१
कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष धमेन्द्र पुरीले स्थानीय २ जनालाई कुटपिट गरेको आरोप लागेको छ । अध्यक्ष पुरीले मंगलवार साँझ ८ बजे वडा नम्बर १ पचेहरी गाँउका राम प्रकास ठाकुर र उनका छोरा पवन कुमार ठाकुरलाई कुटपिट गरेका थिए ।
खेतमा कम्पाइनले धान काट्दै गर्दा अध्यक्ष पुरीका समर्थकले आगो ताप्न पराल लिए पछि विवाद सुरु भएको थियो । छोरा र पराल लिने विच विवाद भए पछि उनीहरुले वडा अध्यक्षलाई बोलाएका बताइएको छ । छलफल गर्दै जादा अध्यक्षपुरीले एक्कासी हातपात गरेको राम प्रकासले बताए । अध्यक्ष पुरीले ३० जना जती मान्छे बोलाएर आफुलाई समेत कुटपिट गरेको बताए ।
कुटपिटको कारण राम प्रकासको आँखामा चोट लागेको छ । यसै गरी पवन कुमारको निधार र ढाडमा समान्य चोट लागेको बताईएको छ । पिडित ठाकुरले इलाका प्रहरी कार्यालय महाराजगन्जमा जाहेरी समेत दिएको बताइएको छ । प्रहरीका अनुसार गए राती ठाकुरका बुवा छाेरा र पुरी समूह विच दाेहाेराे झगडा भए पछि घटना स्थलमा पुगेकाे बताईएकाे छ । कुटपिट पछि घाईते लाई उपचारको लागि बुटवल लगिएकाे छ ।
