पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन

सेयर गर्नुहोस

काठमाडौं : पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ।

९२ वर्षका अनिल मुटुरोग, ब्लडप्रेसर र सुुगरको बिरामी थिए। अनिलले मदन आश्रित दुुर्घटनाको जाँचबुझ आयोगबाट निकै चर्चा बटुलेका थिए।

गंगालाल हस्पिटलमा मृत्यु भएका अनिलले विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गरेका थिए।

उनी विशेष अदालत र क्षेत्रीय अदालतको न्यायाधीश समेत थिए। सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशबाट अवकाश पाएका थिए। तर, उनी कहिल्यै आर्थिक अनियमितताको विवादमा परेका थिएनन्।

उनी न्यायपरिषद् सदस्यमा मनोनीत भएका थिए। न्यायाधीशमा बहाल हुुँदा र अवकाशपछि पनि विभिन्न घटना दुुर्घटनाको आयोगमा एकल नेतृत्त्वको जिम्मेवारी पाएका अनिल निकै इमानदार, लगनशील र सक्षम न्यायाधीशका रूपमा चिनिन्थे। अनिलका एक श्रीमती र पाँच छोरा छन्। उनको बुधवार अन्तिम संस्कार गरिने छ।

Facebook Comments Box