सेनेगललाई हराउँदै इंग्ल्याण्ड क्वार्टर फाइनलमा

सेयर गर्नुहोस

एजेन्सी
इंग्ल्याण्ड फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल प्रवेश गरेको छ।

कतारको अल बयात स्टेडियममा गएराति सेनेगललाई ३–० ले हराउँदै इंग्ल्याण्ड अन्तिम आठमा पुगेको हो। ​इंग्ल्याण्डलाई जित दिलाउन जोर्डन हेण्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे ।

खेलको ३८ औँ मिनेटमा हेण्डरसनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै २–० को अग्रता बनाए। ५७ औँ मिनेटमा साकाले गोल गर्दै इंग्ल्याण्डलाई ३–० को जित दिलाए। इंग्ल्याण्डसँग पराजित भएसँगै सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ।

अन्तिम आठमा इंग्ल्याण्डले फ्रान्सको सामना गर्नेछ। पोल्याण्डलाई हराएर फ्रान्स क्वार्टरफाइनलमा पुगिसकेको छ ।

Facebook Comments Box