पहिलाे टेस्ट क्रिकेटमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई हरायाे, नाथन लायनले लिए ६ विकेट

सेयर गर्नुहोस

काठमाण्डाै – वेस्ट इन्डिजसँगको पहिलो टेस्ट क्रिकेट अस्ट्रेलियाले एक सय ६४ रनले जितेको छ ।

चार सय ९८ रनको लक्ष्य पाएको वेस्ट इन्डिज पाँचौँ दिन खाना समयपछि तीन सय ३३ रन बनाउँदा अलआउट भयो । उसका लागि क्राइग ब्रेथवेटले एक सय १० रन बनाए । यस्तै राेस्टन चेजले ५५, टेगनराइन चन्दरपउलले ४५ र अलजारी जाेसेफले ४३ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले ६ विकेट लिए । यस्तै ट्रेभिस हेडले दुई तथा मिचेल स्टार्क र जस हेजलउडले एक/एक विकेट लिए ।

पहिलो पारीमा तीन सय १५ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो पारीमा दुई विकेट गुमाएर एक सय ८२ रन बनाएको अवस्थामा पारी समाप्तीको घोषणा गरेपछि वेस्ट इन्डिजले चार सय ९८ रनको लक्ष्य पाएको हो । पहिलो पारीमा अस्ट्रेलियाले पाँच सय ९८ रन बनाएकाे थियाे भने वेस्ट इन्डिजले दुई सय ८३ रन बनाएकाे थियो ।

दुई खेलकाे टेस्ट शृङ्खलाका लागि वेस्ट इन्डिज अस्ट्रेलिया भ्रमणामा गएकाे हाे । दाेस्राे खेल डिसेम्बर ८ देखि सुरु हुनेछ।

Facebook Comments Box