पूर्वीचौकी गाउँपालिका-६ का वडाध्यक्ष मृत भेटिए
काठमाडौं : डोटी को पूर्वीचौकी गाउपालीका–६ का अध्यक्ष पुष्पराज जोशीको निधन भएको छ।
कार्यपालिकाको बैठक सकेर घर फर्कने क्रममा बाटोमा उनी मृत फेला परेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए।
उनको हृदयाघातका कारण निधन भएको अस्पातलले पुष्टी गरेको र शव अहिले गाउँपालिकामा अन्तिम सँस्कारका लागि वडा कार्यालय गाजरीमा राखिएको उपाध्यायको भनाइ छ। त्यसपछि दाहसंस्कारका लागि उनको शव धनगढी लगिने छ।
६५ वर्षीय जोशी गत स्थानीय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए।
Facebook Comments Box
