स्याङ्जा-२ मा पद्मा अर्यालको अग्रता
वालिङ : स्याङ्जा–२ मतगणना जारी रहेको छ।
प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेकी पद्मा कुमारी अर्यालले अग्रता लिएकी छन्। अर्यालले २३०४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका धनराज गुरुङले १७०३ मत पाएका छन्। अर्याल ६०१ मतले अगाडि छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ३९९ मत पाएका छन्।
यस्तै स्याङ्जा २ (१) मा पनि नेकपा एमालेका मोहन रेग्मी अगाडिछन्। रेग्मीले २४०९ मत पाएका छन् भने कांग्रेसका भोजराज अर्यालले १८३० मत पाएका छन्। प्रदेशमा एमालेका रेग्मी ५७९ मतले अगाडि छन्।
अहिलेसम्म गल्याङ नगरपालिका ६ र ७ तथा भिरकोट ५ गणना गरिएको छ।
स्याङ्जा–२ मा कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेकी सचिव पद्या कुमारी अर्याल र स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङबीच मुख्य प्रतिस्पर्धा छ।
स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१ मत खसेको थियो।
