वेल्सलाई ३–० ले हराउँदै इंग्ल्याण्ड राउण्ड अफ १६ मा

सेयर गर्नुहोस

एजेन्सी
इंग्ल्याण्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति सम्पन्न खेलमा वेल्सलाई ३–० ले हराउँदै इंग्ल्याण्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो।

इंग्ल्याण्डको जितमा मार्कुस रासफोर्डले र फिल फोडेनले एक गोल गरे।

खेलको ५० औँ मिनेटमा रासफोर्डले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। ५२ औँ मिनेटमा फोडेनले गोल गरे। ६८ औँ मिनेटमा पुनः रासफोर्डको गोलले इंग्ल्याण्डलाई ३० को जित दिलाए ।

जितसँगै इंग्ल्याण्ड समूह ‘बी’ को विजेता बनेको छ। उसले तीन खेलमा ७ अंक जोडेर शीर्ष स्थान हासिल गरेको छ।

वेल्स १ अंकसहित पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ।

Facebook Comments Box