थापाथलीको सुकुमवासी समस्याबारे बोले मेयर हर्क साम्पाङ

सेयर गर्नुहोस

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा देखिएको सुकुमवासी समस्या समाधानका लागि संघीय सरकारले पहल गर्नुपर्ने बताएका छन्।

सोमबार काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुमवासी बस्तीमा डोजर चलाउन खोजेपछि निम्तिएको परिस्थितिबारे बोल्दै मेयर साम्पाङले यस्तो बताएका हुन्।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले काठमाडौंमा देखिएको अराजकता र राज्यविहीनताले धेरै पर सम्म असर गर्ने उल्लेख गर्दै उक्त विषय सरकारले समाधान गर्नुपर्ने बताए।

‘काठमाडौंमा देखिएको अराजकता र राज्यविहीनताले धेरै पर सम्म असर गर्दछ। यो विषय गम्भीर छ। सरकारले समाधानको पहल गरोस्,’ मेयर साम्पाङले भनेका छन्।

काठमाडौं महानगरपालिकाले सोमबार थापाथलीस्थित सुकुमवासी बस्तीमा डोजर चलाउन खोजेपछि सुकुमवासीहरू प्रर्दशनमा उत्रिएका छन्। उनीहरूले आज पनि प्रर्दशन जारी राखेका छन्। अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले पटक पटक सुकुमवासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो। तर, उनीहरूले आफूहरूको उचित व्यवस्थापन नभएसम्म बस्ती नछोड्ने अडान लिँदै आइरहेका छन्।

Facebook Comments Box