विश्वकप फुटबलमा आज पनि चार खेल

सेयर गर्नुहोस

एजेन्सी
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत मंगलबार चार खेल हुँदैछ।

मंगलबार समूह चरण अन्तर्गतको अन्तिम चरणका खेल हुन लागेको हो। समूह ‘ए’ र र ‘बी’ का दुई–दुई खेल हुनेछ।

समूह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछ।

समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्स र इंग्ल्याण्डबीच खेल हुँदैछ। यी खेल राति पौने १२ बजे सुरु हुनेछ मा हुनेछ ।

यी चारै खेलबाट अन्तिम १६ मा पुग्ने राष्ट्रको टुंगो लाग्नेछ।

Facebook Comments Box