कनाेडियाकाे पहलमा घरपाएपछि के भन्छन विपन्न परिवार ?

सेयर गर्नुहोस

कपिलवस्तु , कार्तिक ३० । पुर्व प्रदेश सभा सदस्य विरेन्द्र कुमार कानाेडियाकाे पहलमा घर पाएपछि विपन्न परिवारले खुशि व्यक्त गरेका छन ।
लुम्बिनी प्रदेशका संसदीय दल नेता समेत रहेका कानाेडियाकाे पहलमा जनता आवास कार्यक्रम अन्तर्गत कपिलवस्तु क्षेत्र ३ का गरिब , दलित, विपन्न परिवारले घर पाएपछि खुशि साट्दै निर्वाचनमा हामी सबैले सहयाेग गर्ने बताएका छन । कृष्णनगर नगरपालिका वडा ५ डबराकी विन्दमति पासी भन्छिन – घर बनेपछि हाम्रा बच्चालाई खुला आकाशमा वाच्न पर्दैन । हामी अहिले आफ्नै घर पाएपछि सुरक्षित महसुस गरेका छाैं ।
त्यस्तै विजयनगर गाउंपालिका ३ पत्थरदेइया कि माेमिना खातुनले जनता आवास कार्यक्रम अन्तर्गतकाे घर बनाइसकेपछि हामीलाई खानकाे मात्र जाेहाे गर्न परेकाे छ । खातुनले कानाेडिया जनताकाे सुखदुखमा सहभागी हुनुहन्छ त्यहि भएर यस्ता नेताले जित्नुपर्ने बताइन ।
विजयनगर गाउंपालिका मधुनगरका रामसेवक काेरीले कनाेडियाले घरमात्रै नभई यस क्षेत्रमा सिचाई सुविधा उपलब्ध गराएकाले हाम्राे जीवनस्तर सुधाराेन्मुख हुँदै गएकाे बताउनु भयाे ।
नेपाली कांग्रेस सत्ता गठबन्धनबाट कपिलवस्तु प्रदेश सभा ३(२) का उम्मेदवार कानाेडियाले आफ्नाे क्षेत्रमा सैयाेें घर निर्माण गराई गरिब, विपन्न , दलित र अतिपिछाडिएका समुदायलाई सुरक्षा दिएकाे बताउनुभयाे । उनले घर भएपछि मानिसलाई खानेकुराकाे मात्र व्यवस्थापन गर्नुपर्ने भएकाले बालबच्चालाई राम्राे शिक्षा ,स्वास्थ उपलब्ध गराउन सकिने बताउनुभयाे । मैले राजनिति कमाउनलाई गर्दिन गरिब , निमुखकाे आँसु पुछ्न गर्छु अरुले राजनितिलाई कमाउने पेशा बनाएकाे उनकाे भनाई छ ।

Facebook Comments Box