एकदिवसीय क्रिकेट श्रृंखला : आज नेपाल र यूएईबीच दोस्रो खेल
काठमाडौं : नेपाल र यूएईबीचको दोसो एकदिवसीय क्रिकेट बुधबार हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि हुनेछ।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो। तीन खेलको श्रृंखलामा १–० को अग्रता बनाएको यूएई दोस्रो जित निकाल्दै एक खेलअगावै श्रृंखला कब्जा गर्ने दाउमा हुनेछ।
नेपाल भने आजको खेल जित्दै खेल बराबरीमा रोक्न चाहन्छ। दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल मंसिर २ गते शुक्रबार हुनेछ।
Facebook Comments Box
