देश समृद्ध बनाउने जिम्मा युवाले लिनैपर्छ : शाह

सेयर गर्नुहोस

कपिलवस्तु , कार्तिक २९ । जिल्लाभरि चुनावी चर्चा तिव्र हुँदै गर्दा कपिलवस्तु क्षेत्र ३ का प्रतिनिधि सभा उम्मेदवार अभिषेक प्रताप शाहले अब देश बनाउने पालाे युवाकाे रहेकाे बताए ।

प्रतिनिधि सभा ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता गणेश जिसीले गठबन्धनकाे उम्मेदवार अभिषेक प्रताप शाहलाई समर्थन दिएपछि क्षेत्रभरि कै युवा वर्गमा उत्साह थपिएकाे छ । नेपाली कांग्रेस नेतृत्वकाे गठबन्धनकाे उम्मेदवार रहेका शाहले जिसीकाे समर्थनले युवा वर्ग उत्साहित बनेकाे र अब देश बनाउने पालाे युवा कै रहेकाे बताउनुभयाे ।
निवर्तमान सांसद शाहले युवा साेच र जांगर तथा नयां प्रविधिकाे प्रयाेगसंगै नयाँ नयां आइडिया अवलम्बन गरि देशकाे मुहार फेर्न युवावर्ग नै अगाडि आउनुपर्ने बताए । उनले देशका युवा विदेश पठाउनुभन्दा स्वदेश मै राेजगार सृजना गरि दक्षजनशक्तिकाे सदुपयाेग गर्नुपर्ने बताउनुभयाे ।
विदेश जनशक्तिलाई झिकाउनु गर्नुभन्दा आफ्नै देशका दक्षजनशक्तिलाई प्रयाेग गर्दा जनस्तर उकासिने र आर्थिक चाप पनि कम हुँदै जाने शाहकाे भनाई छ ।

Facebook Comments Box