चुनाव विरोधी गतिविधि गरेको आरोपमा ७ जना पक्राउ
जनकपुरधाम । महोत्तरीको बलवा ७ बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।
पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादवलगायतका ६ जना र गाडी चालकलाई पक्रउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
उनीहरुको साथबाट चुनाव विरोधी पर्चा तथा माइकिङ सामग्री वरामद गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
