सोमालियामा यो वर्ष आतंककारी हमलामा ६१३ जनाको मृत्यु

सेयर गर्नुहोस

एजेन्सी
सोमालियामा यो वर्ष जनवरीदेखि अहिलेसम्म भएका आतंककारी हमलामा कम्तीमा ६१३ जनाको मृत्यु भएको छ।

मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त भोल्कर टर्कका अनुसार सोमालियामा अल–शबाब समूहले गरेको यी हमलामा ९ जना घाइते भएका छन्।

टर्कले बढ्दो यस्ता गतिविधिले मानवअधिकार र मानवीय अवस्थालाई अझ गम्भीर बनाएको बताएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार अधिकांश हताहती विस्फोटक उपकरणका कारण भएका छन्। तीमध्ये कम्तीमा ९४ प्रतिशत घटनामा अल–शबाबलाई जिम्मेवार ठहर्‍याइएको छ।

यसैगरी अन्य हताहती अल–शबाब आत्मघाती बम विस्फोटको कारण रहेको पनि बताइएको छ। टर्कले द्वन्द्वका सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत आफ्नो दायित्व पूरा गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेका छन्।

Facebook Comments Box