टी–२० विश्व कपको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान भिड्दै

सेयर गर्नुहोस

काठमाडौं : आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान भिड्दैछन्। अस्ट्रेलियाको मेलबर्न मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ।

इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका हुन्। यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी गर्नेछ। वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो।

पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने इङ्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो।

लगातार दुई खेलमा पराजित पाकिस्तान सुपर–१२ को समूह ‘२’ मा दक्षिण अफ्रिका, नेदरल्यान्ड्ससँग पराजित हुँदा उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो।

पाकिस्तान सन् २००९ को टी–२० विश्व कप च्याम्पियन र इङ्ल्यान्ड सन् २०१० को च्याम्पियन टोली हो।

Facebook Comments Box