ओलीले आज सुदूरपश्चिमका तीन चुनावी सभामा सम्बोधन गर्ने
धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि चुनावी सभामा सहभागी हुन शनिबार सुदूरपश्चिम आउने भएका छन्।
अध्यक्ष ओलीले दुई जिल्लाका तीन चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए। उनका अनुसार शनिबार डोटीको दिपायल, गोदावरीको अत्तरिया र लम्कीचुहाको लम्कीमा आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्नेछन्।
उनी बिहान ११ बजे दिपायलको कार्यक्रम सकेर २ बजे गोदावरीको अत्तरिया र ४ बजे लम्की चुहाको लम्कीमा आयोजित कार्यक्रममा सहभागी हुने जनाइएको छ।
तीनै सभामा अध्यक्ष ओलीसहित एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट पनि सहभागी हुनेछन्। ओलीले यसअघि १८ गते ओलीले दार्चुला, बैतडी र कञ्चनपुरका चुनावी सभामा सम्बोधन गरेका थिए।
Facebook Comments Box
