प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आज आर्मी र एपीएफ भिड्ने

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री कप पुरुष क्रिकेटका उपाधिका लागि शनिबार त्रिभुवन आर्मी र एपीएफ क्लब मैदानमा उत्रिँदै छन्।

शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै आर्मीले फालइनलमा एपीएफसँगको भेट पक्का गरेको हो।

यसअघि एपीएफले मधेश प्रदेशलाई सात विकेटलेहराउँदै फाइनल यात्रा तय गरेको थियो।

प्रतियोगिताको विजेता टोलीले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पाउने छन् ।

Facebook Comments Box