सिचाईका लागि कराेडाैं बजेटमा दर्जनौं वाेरिङ्ग जडान गराएकाे छु : नेता कनाेडिया
कृष्णनगर, कार्तिक २५ । कपिलवस्तु क्षेत्र ३(२) का प्रदेश सभा सदस्य उम्मेदवार विरेन्द्र कानाेडियाले किसानकाे मुख्य समस्या सिचाईमा कराेडाै खर्च गरेर दर्जनौं वाेरिङ्ग जडान गराएकाे बताउनुभयाे ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकाे उम्मेदवार समेत रहेका कानाेडिया पश्चिम कपिलवस्तु सिचाईमा पनि पिछडिएकाले कराेडाैं लागतमा दर्जन बढी वाेरिङ्ग जडान गराएकाे दाबी गर्नुभयाे। उनले विजयनगर गाउंपालिकाकाे सबै वडामा वाेरि्ङ जडान गराएकाे बताउनुभयाे । विजयनगर गाउंपालिकामा दस वटा वाेरिङ्ग जडान भइ किसानले फाइदा समेत लिई राखेकाे जानकारी दिनुभयाे । त्यस्तै कृष्णनगर नगरपालिकाभित्रकाे बृहत खेती क्षेत्र पर्ने वडाहरुमा चार वटा वाेरिङ्ग जडान भैसकेकाे र केही थप प्रक्रियामा रहेकाे बताउनुभयाे ।
नेता कानाेडियाले आफू बढी प्रचारबाजी नगरेकाेले जनतामाझ बिकासका याेजनाबारे जानकारी नहुन सक्छ तर आफ्नाे क्षेत्रकाे लागि प्रदेश सभामा जहिलेपनि कुरा उठान गरि बिकासका याेजना ल्याउदै आएकाे बताउनुभयाे ।
