खेअर्सन सहरबाट सेना फिर्ता गर्ने रुसको निर्णयलाई गम्भीरतापूर्वक लिएको युक्रेनको प्रतिक्रिया

सेयर गर्नुहोस

एजेन्सी :
युक्रेनको खेअर्सन सहरबाट सेना फिर्ता गर्ने निर्णयबाट रुस समस्यामा परेको अमेरिकाले टिप्पणी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी सेना फिर्ता हुने निर्णयले उनीहरूको केही समस्यामा रहेको सङ्केत गरेको बताउनुभएको छ । उहाँले केही समयदेखि आफूले यस्तो कदमको अपेक्षा गरेको समेत बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले मध्यावधि चुनावपछि ह्वाइट हाउसबाट आफ्नो प्रतिक्रिया जनाउनुभएको हो । युक्रेनले प्रतिरक्षा गरिरहेका बेला रुसले गरेको पछिल्लो निर्णयलाई ठूलो धक्काका रुपमा विश्लेषण गरिएको छ । साथै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना फिर्तीलाई गम्भीरतापूर्वक लिएको र किएभ सावधानीपूर्वक अघि बढिरहेको बताउनुभएको छ ।

रुसले हिजो युक्रेनको खेअर्सन सहरबाट आफ्ना सेनालाई फिर्ता हुन आदेश दिएको थियो । खेअर्सन सहर रूसले आफ्नो विशेष सैन्य अपरेसनको बेलामा कब्जा गरेको पहिलो सहरी केन्द्र थियो । साथै रुसले गएको फेब्रुअरी २४ मा आक्रमण सुरु गरेदेखि नै रुसी सेनाबाट नियन्त्रित एक मात्र सहर हो ।

 

Facebook Comments Box