यस्तो छ आज दिनभरको मौसम
काठमाडौं : आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा सामान्य वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
Facebook Comments Box
