प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल
काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बुधबार पनि दुई खेल हुँदैछ।
त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली र गण्डकी प्रदेश भिड्नेछन्। मूलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।
दुवै खेल बिहान साढे ९ बजे शुरु हुनेछ। यसअघि मंगलबार भएको खेलमा प्रदेश १ र विभागिय टोली एपीएफ विजयी भएका थिए।
बागमती प्रदेशमाथि प्रदेश–१ ले ६९ रनको जित हात पारेको हो। अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदैविभागीय टोली एपीएफ समूह ’ए’ को शीर्ष स्थानमा उक्लिएको छ।
Facebook Comments Box
