मधेश प्रदेशमा आज सार्वजनिक बिदा

सेयर गर्नुहोस

काठमाडौं : मधेश प्रदेश सरकारले छठको अन्तिम दिन सोमबार सार्वजनिक बिदा दिएको छ।

‘पारन दिन’ भनिने कार्तिक शुक्ल सप्तमीका लागि प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो।

संघ सरकारले भने छठका लागि आइतबार मात्र बिदा दिएको थियो।

मधेश क्षेत्रमा छठका लागि दुई दिन बिदा दिनुपर्ने माग उठ्ने गरेको छ।

Facebook Comments Box