यी स्थानमा आज हल्का वर्षाको सम्भावना
काठमाडौं : देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सोमबार बिहान देशका पहाडी भू–भागको मौसम आंशिक बदली छ।
बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
पहाडी भू–भागहरूमा मौसम आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
Facebook Comments Box
