बालिका बलात्कार गरेर फरार रहेका एक जना १० वर्षपछि पक्राउ

सेयर गर्नुहोस

अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिकामा ९ वर्षीया बालिकालाई १० वर्ष अघि जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।

वि.स. २०६९ साल कात्तिक २६ गते शितगंगा नगरपालिका वडा नम्बर ६ साविक जुकेना गाविस ७ का शालिकराम थापाले स्थानीय ९ वर्षीया कमला थापा (नाम परिवर्तन)लाई जबरजस्ती करणी गरि फरार रहेका थिए । थापालाई २०६९ कात्तिक २६ गते हाडनातामा जवरजस्ती करणी गरेको आरोपमा २०७२ मंसीर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ वर्ष कैद सजाय सुनाएको थियो ।

जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त थापा १० वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द रिजालले बताउनुभयो । शितगंगा नगरपालिकाको वडा नं. ४ चाक्लामा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी निरीक्षक होमनाथ रेग्मीसहितको टोलीले पक्राउ गरेको हाे ।

Facebook Comments Box