पश्चिमा देशले रुसलाई एक्लो पार्न ब्ल्याकमेल गरेको राष्ट्रपति पुटिनकाे आरोप

सेयर गर्नुहोस

एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धपछि अहिले विश्व ‘सम्भवतः सबैभन्दा खतरनाक दशक’मा भएको बताउनुभएको छ।

‘वलडाई फोरम’ नामक वार्षिक कार्यक्रममा पुटिनले पश्चिमी देशहरूले रुसलाई एक्लो पार्न आणविक हतियारका साथ ब्ल्याकमेल गरेको आरोप पनि लगाउनु भयो ।

आफूमाथि आणविक हमलाको धम्की दिएको आरोपमा पुटिनले रुसले आणविक हतियारको सम्भावित प्रयोगबारे कहिल्यै अगाडि बढेर केही नभनेको बताएका बीबीसीले जनाएको छ । उहाँले आफूहरुले पश्चिमी देशका नेताहरूको भनाइको सङ्केतमा मात्रै प्रतिक्रिया दिएको दाबी गर्नु भएको छ ।

पश्चिमा देशहरूले रुसविरुद्ध परमाणुयुद्धको त्रास देखाएर साझेदारहरूलाई टाढिन बाध्य पारेको पनि उहाँको आरोप छ।

 

Facebook Comments Box