चीनको मेनल्याण्ड क्षेत्रमा १९३ कोरोना संक्रमित थपिए

सेयर गर्नुहोस

चीनको मेनल्याण्ड क्षेत्रमा बुधबार १९३ कोरोना संक्रमित थपिएका छन्।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार दिएको जानकारी अनुसार त्यहाँ हालै ९२४ जना नयाँ संक्रमित भेटिएका थिए। त्यहाँ २७० जना कोरोनामुक्त भएका छन्। अस्पतालबाट बुधबारसम्म २ लाख ४९ हजार ५०६ जना डिस्चार्ज भएका छन्।

बुधबार त्यहाँ कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन। मेनल्याण्ड क्षेत्रमा हालसम्म पाँच हजार २२६ जनाको मृत्यु भएको छ।

Facebook Comments Box