महिलालाई छर्रा लागेपछि बन्दुकसहित एक पक्राउ
पर्वत : कास्की प्रहरीले एक नाले भरुवा बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायa उपरीक्षक सुन्दर तिवारीका अनुसार जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ खैमराङका ३३ वर्षीय आइतसिंह तामाङ पक्राउ परेका हुन्।
गत शनिबार बिहान साढे आठ बजेको समयमा खैमराङकै बारीमा घाँस काट्दै गरेकी महिलालाई भरुवा बन्दुकको छर्रा लागेर घाइते भएको भन्ने जानकारीका आधारमा तामाङ पक्राउ परेका हुन्।
तामाङविरुद्धमा कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ।
Facebook Comments Box
