कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित

सेयर गर्नुहोस

काठमाडौं : नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम फेरि स्थगित भएको छ। यसअघि आइतबार साँझ गर्ने भनिएको घोषणापत्र सार्वजनिकको कार्यक्रम सोमबार बिहान साढे १० बजेसम्मका लागि स्थगित भएको थियो।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको जानकारी दिए।

संकल्पपत्र नाम दिइएको घोषणापत्र कांग्रेसको घोषणापत्र निर्माण समितिले शुक्रबार नै पारित गरेको थियो। कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा गत भदौ २२ गते घोषणापत्र निर्माण समिति बनाएको थियो।

समितिले विभिन्न उपसमिति गठन गरेर सुझाव संकलनसहित घोषणापत्र तयार गरेको छ। घोषणापत्रका लागि अर्थविद् स्वर्णिम वाग्लेलगायत विभिन्न विषय विज्ञको नेतृत्वमा उपसमिति बनाइएको थियो। घोषणापत्रमा तत्कालीन नेकपा नेतृत्वको सरकारको आलोचना तथा आर्थिक समृद्धिका मुद्दालाई प्राथमिकता दिइएको छ।

Facebook Comments Box