कर्णालीका झण्डै तीन सय मतदानस्थल अतिसंवेदनशील

सेयर गर्नुहोस

काठमाण्डौ – सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशका सात जिल्लाका झण्डै तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएका छन् ।

आउँदो मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि दुई सय ६७ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका हुन् ।

निर्वाचन सुरक्षा समितिले तयार पारेकाे प्रतिवेदनका अनुसार सबैभन्दा धेरै अतिसंवेदनशील मतदानस्थल कालीकोटमा रहेका छन् । कालीकोटमा ७४ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् ।

त्यसमध्ये सल्यानमा ६३, दैलेखका ४८, सुर्खेतका २०, रुकुमपश्चिमका २१, डोल्पामा २३ र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएका छन् ।

जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार सात जिल्लाका तीन सय २५ मतदानस्थल संवेदनशील रहेका छन् । जसमध्ये, सुर्खेतका छ, दैलेखका ६२, सल्यानका तीन, रुकुमपश्चिमका ४३, डोल्पाका २६, कालीकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल संवेदनशील देखिएका छन् ।

कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा भने विपद्का कारणले गर्दा अहिले मतदानस्थलको अवस्था बुझ्न नसकिएको समितिले जनाएको छ ।

कर्णालीमा आउँदो चुनावका लागि प्रदेशभर नौ सय ३३ मतदानस्थल र एक हजार ४ सय तीन मतदान केन्द्र निर्धारण गरिएको छ ।

 

Facebook Comments Box