श्रम तथा रोजगार कार्यालय ताहचलले तिहार बिदाको २ दिन सेवा प्रदान गर्ने

सेयर गर्नुहोस

काठमाण्डौ – वैदेशिक रोजगार कार्यालय ताहचलबाट तिहार बिदाको २ दिन सेवा प्रवाह हुने भएको छ ।

सरकारले कात्तिक ७ गतेदेखि १३ गतेसम्म तिहार बिदा दिए पनि कार्यालयले ७ गते र ८ गते सेवा प्रवाह गर्ने जनाएको छ । वैदेशिक रोजगारीमा जानेहरूको अन्तिम श्रम स्वीकृति प्रदान गर्ने निकाय भएकाले पनि सार्वजनिक बिदाको २ दिन सेवा प्रदान गर्ने र कात्तिक ९ गतेदेखि मात्र सेवा प्रवाह बन्द हुने कार्यालयले जनाएको छ ।

श्रम स्वीकृति सम्बन्धी सबै सेवा अनलाइनबाटै प्रवाह भए पनि बायोमेट्रिक नभएका श्रमिकहरू अहिले पनि श्रम स्वीकृति लिन कार्यालय नै पुग्न पर्छ । पुनः श्रम स्वीकृति सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयले प्रदान गरे पनि अनलाइनमार्फत नै प्रदान गर्ने भए पनि नयाँ श्रम स्वीकृति भने श्रम तथा रोजगार कार्यालय ताहचलले मात्र प्रदान गर्ने गर्छ ।

 

Facebook Comments Box